You are viewing the translated version of (नियम ३ को उपनियम (२) सँग सम्बन्धित).

Schedule 1
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

मेलमिलापकर्ताको रुपमा सूचीकृत हुन निवेदन माग गरी प्रकाशन गरिने सूचनाको ढाँचा ……….. अदालत/कार्यालय/संस्थ/को सूचना

विषयः मेलमिलापकर्ताको रुपमा सूचीकृत हुने सम्बन्धमा ।
यस अदालत/कार्यालय/संस्थामा मेलमिलापकर्ताको रुपमा आफ्नो नाम सूचीकृत गराउन चाहने मेलमिलाप सम्बन्धी तालीम प्राप्त गरेका व्यक्ति वा मेलमिलाप परिषद्बाट स्वीकृत प्राप्त गरेका मेलमिलाप सम्बन्धी कार्य गर्ने संस्थाले यो सूचना प्रकाशन भएको मितिले तीस दिनभित्र निवेदन दिनु हुन यो सूचना प्रकाशन गरिएको छ ।
निवेदन फाराम यस अदालत/कार्यालय/ संस्थामा सम्पर्क राखी प्राप्त गर्न सकिने छ । अदालत/कार्यालय/संस्थाको तर्फबाट,–
सहीः
नामः
पदः
मितिः